०७ असार २०८३, आइतबार

कैलालीमा दुई थान भरूवा बन्दुकसहित तीन जना पक्राउ

माघ २२, २०८१
कैलाली
कैलालीमा दुई थान भरूवा बन्दुकसहित तीन जना पक्राउ

प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–१८ एफगाउँबाट मंगलबार भरूवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली छन् । 

भारतको लखिमपुरखिरी नउसर बस्ने ३२ वर्षीय रियासत अली, सोही ठाउँका ४० वर्षीय देशराज राना र धनगढी उपमहानगरपालिका–१९ का ३९ वर्षीय गुरूप्रसाद चौधरीलाई भरूवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए । 

उनीहरूको साथबाट दुई थान भरूवा बन्दुक र एक थान चक्कु बरामद गरिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी, टीकापुर र भजनी क्षेत्रबाट भन्सार छली गरेर ल्याउँदै गरिएको आठ लाख २३ हजार ३० मूल्य बराबरको मालसामान पनि बेवारिसे अवस्थामा बरामद गरेको छ । 

सीमापारि भारतीय क्षेत्रबाट ल्याउँदै गरिएको अवस्थामा बरामद गरिएका सामानमा आइफोन र त्यसको कभर, डाटा केबल, राँगा, गोरू र डन्लप रहेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्