१३ असार २०८३, शनिबार

अध्यादेश अनुमोदनबारे सचेतकहरूसँग छलफल गर्दै सभामुख

माघ २३, २०८१
काठमाडौं
अध्यादेश अनुमोदनबारे सचेतकहरूसँग छलफल गर्दै सभामुख

सरकारले संसद्‌मा पेश गरेका अध्यादेश अनुमोदनका विषयलाई लिएर सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।

बुधबार दिउँसो ३ बजे सिंहदरबारमा प्रमुख दलका सचेतकसँग छलफलको समय तय भएको सभामुखको सचिवालयले जनाएको छ । 

राष्ट्रपतिले जारी गरेका अध्यादेश संसद्को अधिवेशन प्रारम्भ भएकै दिन संसद्‌मा पेश गरिएको थियो ।

बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा ती अध्यादेश अनुमोदन गर्ने सम्भावित कार्यसूची छ । अध्यादेश अनुमोदनका लागि प्रतिनिधि सभामा सत्तापक्षको बहुमत छ । 

राष्ट्रियसभामा भने कांग्रेस एमालेको बहुमत पुग्दैन ।

अध्यादेश अनुमोदनका लागि उपेन्द्र यादव नेतृत्वको जसपाको भूमिका निर्णायक मानिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्