०६ साउन २०८३, बुधबार
महिला टी–२० त्रिदेशीय सिरिज

पूजाको सानदार अर्धशतकको मद्दतमा नेपालले दियो नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य

माघ २३, २०८१
काठमाडौं
पूजाको सानदार अर्धशतकको मद्दतमा नेपालले दियो नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य

महिला टी–२० त्रिदेशीय सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ ।

बुधबार मध्याह्न त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १४५ रन बनाएको हो । 

नेपालका लागि पूजा महतोले सर्वाधिक अविजित ६२ रन बनाइन् । उनले पाँच चौका प्रहार गरिन् । 

इन्दु बर्माले ३७ बलमा ३९ रन बनाइन् । रुबिना क्षेत्रीले १७ बलमा २० रन बनाइन् । 

यसअघि नेपालले नेदरल्याण्ड्स र थाइल्याण्डसँग दुई दुई खेल हारिसकेको छ । 

आफ्नै भूमिमा भएको सिरिजमा नेपाली महिला टोलीले यसअघि चारमध्ये एउटा खेल पनि जित्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्