
मानव बेचबिखन तथा ओसारपसारको कसुरमा नेपाली कांग्रेसका नेता ताराप्रसाद खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
खनालविरुद्ध प्रहरीमा उजुरी परेपछि अनुसन्धानका लागि कैलालीबाट नियन्त्रणमा लिइएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख एसएसपी दीपेन्द्र घर्ती क्षेत्री (जीसी)ले जानकारी दिए ।
खनाल अछामको प्रतिनिधिसभा क्षेत्र नम्बर २ (क) का सभापति हुन् ।
एसपी क्षेत्रीका अनुसार खनाललगायतविरुद्ध पनि उजुरी परेको छ ।
प्रहरीले खनाललाई काठमाडौं जिल्ला अदालतमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी क्षेत्रीले दिए ।