०८ साउन २०८३, शुक्रबार

म आएपछि निर्माण व्यवसायीलाई मात्रै करिब ३० अर्ब भुक्तानी दिएँ : अर्थमन्त्री पौडेल

माघ २४, २०८१
काठमाडौं
म आएपछि निर्माण व्यवसायीलाई मात्रै करिब ३० अर्ब भुक्तानी दिएँ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि निर्माण व्यवसायीहरूलाई मात्रै करिब ३० अर्ब भुक्तानी दिएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री पौडेलले ‘चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन’, पेस गर्दै उनले आफ्नो कार्यकालमा निर्माण व्यवसायीलाई करिब ३० अर्ब बक्यौता भुक्तानी गरेको बताएका हुन् ।

‘म आएपछि निर्माण व्यवसायीहरूको अघिल्लो वर्ष भुक्तानी हुनुपर्ने करिब ३० भुक्तानी दिएँ । अनि भुक्तानीको गफ गर्ने ? यो वर्षको भुक्तानी छँदै छ । अघिल्लो वर्षको भुक्तानी दिएँ । त्यसैले भुक्तानीका विषयका चर्चा गर्नुभयो त्यो सत्य होइन’, अर्थमन्त्री पौडेलले भने । 

salt training

कमेन्ट गर्नुहोस्