१४ असार २०८३, आइतबार

सिन्धुलीमा गाडी दुर्घटना : एकको मृत्यु, ५ घाइते

माघ २५, २०८१
काठमाडौं
सिन्धुलीमा गाडी दुर्घटना : एकको मृत्यु, ५ घाइते

झापाबाट काठमाडौँतर्फ आउँदै गरेको निजी गाडी दुर्घटना भएको छ । 

विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा शुक्रबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । साथै एक जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो । 

मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल घाइते भएको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्