२२ असार २०८३, सोमबार

थालेको काम सक्ने प्रधानमन्त्रीको प्रतिवद्धता, आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै

माघ २५, २०८१
काठमाडौं
थालेको काम सक्ने प्रधानमन्त्रीको प्रतिवद्धता, आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको एक्सन रुमबाट  सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका हुन् ।

तत्कालीन समयमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रिय गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने गरी बनाइएको सोही एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन् ।

ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विकास–निर्माणका परियोजनालाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको उनले बताए ।

सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दैछ नेपाल’ शीर्षकमा  सडक निर्माण भइरहेको भिडियो राखेर उनले  विकास निर्माण र आयोजनाहरूको प्रगतिबारे आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग ‘एक्सन रुम’बाट  छलफल गर्न लागेको उल्लेख गरेका छन् । 

प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई ३० अर्ब भुक्तानी गरिएको जानकारी पनि दिएका छन् । 'शुभ बिहानी ! हाम्रा विकास निर्माण र आयोजनाहरूको प्रगतिबारे सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्सन रुमबाट आज छलफल हुँदै छ । हाम्रो प्राथमिकता छ– थालेको काम सक्ने ।  विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ,' प्रधानमन्त्रीले लेखेका छन्, 'पूर्वाधार निर्माणसम्बन्धी रोकिएका धेरै कम द्रूत गतिमा अगाडि बढेका छन् ।' 
 

salt training

कमेन्ट गर्नुहोस्