१० साउन २०८३, आइतबार

स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न सांसद शर्माद्वारा सरकारको ध्यानाकर्षण

माघ २५, २०८१
काठमाडौं
स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न सांसद शर्माद्वारा सरकारको ध्यानाकर्षण
फाइल फोटो

प्रतिनिधिसभा सदस्य रेखा शर्माले स्वर्गद्वारी गुठी (दाङ) पीडितको माग पूरा गर्न सरकारसँग माग गरेकी छिन् ।

माओवादी केन्द्रकी सांसदसमेत रहेकी शर्माले शुक्रबार प्रतिनिधिसभा बैठकमा माइतीघरमा विरोध प्रदर्शनमा उत्रिएका गुठी पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेकी हुन् । 

पाँच दिनदेखि उनीहरूले विरोध प्रदर्शन गरेको भन्दै उनले जोत भोग गर्ने मोहीको नाममा जग्गा कायम गर्नुपर्ने उनीहरूको माग रहेको उनले बताइन् ।

सिंहदरबारबाट नजिकै माइतीघरमा प्रदर्शन गरे पनि सरकारले बेवास्ता गरेको भन्दै उनले छिटो उनीहरूको माग सम्बोधन गर्न आग्रह गरेकी हुन् । 

अन्य सांसदहरूले पनि गुठी पीडितको माग सम्बोधन गर्न माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्