
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयोजनामा भएको वृहत् रक्तदान कार्यक्रममा १३९ जनाले रक्तदान गरेका छन् ।
३४ औं स्थापना दिवसको अवसरमा आयोगले शुक्रबार वृहत् रक्तदान कार्यक्रम गरेको थियो ।
कार्यक्रममा आयोगका आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यलगायत १३९ जनाले रक्तदान गरेका आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार वृहत् रक्तदान कार्यक्रम आयोगको परिसरमा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको थियो ।