१४ असार २०८३, आइतबार

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण : पक्राउ परेकालाई जनही १ लाख धरौटीमा छाड्न आदेश

माघ २५, २०८१
काठमाडौं
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण : पक्राउ परेकालाई जनही १ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं जिल्ला अदालतले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई हातपात गरेको आरोपमा पक्राउ परेका ३ जनासँग जनही १/१ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो । ​

अदालतको आदेशसँगै ललितकुमार केसी र शीतल राईलाई जनही १/१ लाख धरौटी बुझाएर छुटेका छन् ।

तीन जना प्रतिवादी मध्ये एक जना महानन्द जैसी भने धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन् । 

उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्