०७ साउन २०८३, बिहीबार

७ सय २६ केजी गाँजा बरामद

माघ २६, २०८१
सप्तरी
७ सय २६ केजी गाँजा बरामद
फाइल फोटो

सप्तरीको बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट सात सय २६ केजी गाँजा बरामद भएको छ ।

बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ प्र १–०२–००२ च ५८३८ नम्बरको स्कारपियोबाट आज उक्त परिमाणको गाँजा बरामद भएको हो । ​

मौवहा मल्हनिया प्रहरी  चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक हेमन्त तामाङका अनुसार सवारीसाधनका चालक फरार छन् । उनको खोजी भइरहेको छ । 

गत पुस २७ गते पनि बलान बिहुल गाउँंपालिका–१ कमलदाहाबाट ६७० किला तथा मङ्सिर ४ गते जिल्लाको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट टिपर र चालकसहित एक हजार सात सय १७ किलो गाँजा बरामद भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्