०२ साउन २०८३, शनिबार

दिल्लीमा कांग्रेसले स्वीकार्यो हार

माघ २६, २०८१
काठमाडौं
दिल्लीमा कांग्रेसले स्वीकार्यो हार

दिल्ली विधानसभा चुनावमा कांग्रेसले हार स्वीकार गरेको छ । कांग्रेस नेता राहुल गान्धीले हार स्वीकार गर्दै जनताको पक्षमा भने लागिरहने बताएका छन् । 
सामाजिक सञ्जाल प्लेटफर्म एक्समामार्फत उनले दिल्लीको जनादेशलाई विनम्रतापूर्वक स्वीकार गर्ने बताए । 

'राज्यका सबै कांग्रेस कार्यकर्ताहरूलाई उनीहरूको समर्पणको लागि र सबै मतदाताहरूलाई उनीहरूको समर्थनको लागि हार्दिक धन्यवाद। प्रदूषण, मुद्रास्फीति र भ्रष्टाचार विरुद्ध तथा दिल्लीको प्रगति र दिल्लीवासीहरूको अधिकारका लागि हाम्राे लडाइँ जारी रहनेछ', उनले भने। 

१९९८ देखि २०१३ सम्म दिल्लीमा कांग्रेस सत्तामा थियो। तर २०१५, २०२० र २०२५ को विधानसभा चुनावमा कांग्रेस पार्टीले दिल्लीमा आफ्नो खाता पनि खोल्न सकेन। २७ वर्षपछि दिल्लीमा भाजपाले बहुमत पाएको छ। जबकि गत चुनावमा ६२ सिट जितेको आम आदमी पार्टीले यस पटक २२ सिट मात्र पायो । 

salt training

कमेन्ट गर्नुहोस्