०२ साउन २०८३, शनिबार

मठमन्दिर तथा गुठीको जग्गा अतिक्रमण रोक्न गुठी ऐन ल्याइने

माघ २६, २०८१
धनुषा
मठमन्दिर तथा गुठीको जग्गा अतिक्रमण रोक्न गुठी ऐन ल्याइने

 सङ्घीय भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जनकपुरसहित मुलुकभरि रहेका गुठीको जग्गा हिनामिना तथा अतिक्रमण रोक्न गुठी ऐन ल्याउने तयारी भइरहेको बताएका छन् । 

आज धनुषाको जनकपुरधाममा मठमन्दिर तथा गुठीको विभिन्न स्थानमा विवादित तथा अतिक्रमित जमिनको निरीक्षणपश्चात् पत्रकारहरूसँग कुराकानी गर्दै उनले गुठीसम्बन्धी समस्या समाधान गर्न सरकारले यथाशीघ्र गुठी ऐन ल्याउने जानकारी दिए । 

मन्त्री अधिकारीले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा गुठीसम्बन्धी समस्या समाधान गर्न गुठी ऐन आवश्यक रहेकाले सोही अनुसारको ऐन कार्यान्वयनमा आउने धारणा राखे । गुठीको ऐन ल्याउन सरकारले एउटा समिति गठन गरेको जनाउँदै उनले त्यसले कार्य सुरु गरिसकेकाले समितिको प्रतिवेदनका आधारमा ऐन निमार्ण हुने बताए । 

सशस्त्र द्वन्द्वकालमा सबैभन्दा बढी व्यक्तिगत, गुठी तथा मठमन्दिरको जमिन अतिक्रमण भएको उल्लेख गर्दै २०७४ सालमा गुठी ऐन ल्याउन सरकारले पहल गरेकामा विविध कारणले सम्भव नभएको मन्त्री अधिकारीले उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्