
स्कोडा नेपालले विलासी, सुरक्षित र प्रिमियम ड्राइभिङ अनुभवहरूलाई अझै बढी पहुँचयोग्य बनाउन एक नवीन फाइनान्सिङ योजना घोषणा गरेको छ।
स्कोडा नेपालले इन्टरनल कम्बसिबल इन्जिन (ICE) सवारी साधन खण्डमा पहिलोपटक वार्षिक ६.९९ प्रतिशतको अविश्वसनीय एवं आकर्षक ब्याजदरमा सवारी साधनलाई ८० प्रतिशतसम्म फाइनान्सिङ प्रदान गर्नेछ ।
यो पहलले अटोमोबाइल बजारमा किफायतीपनलाई पुन: परिभाषित गर्दै ग्राहकहरूलाई विद्युतीय सवारी साधन (EVs) को जस्तै स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
यो फाइनान्सिङ योजना प्रायः ग्राहकहरूलाई प्रिमियम सवारी साधनको स्वामित्व लिनबाट रोक्ने उच्च अग्रिम लागतहरूलाई सम्बोधन गर्न शुरू गरिएको हो।
स्कोडा नेपालले अतुलनीय विलासिता, सुरक्षा र विश्वसनीयताको लागि परिचित स्कोडा सवारी साधनहरूको आनन्द लिनका लागि वित्तीय अवरोधहरू कम गरेर ठूलो सङ्ख्याका ग्राहकहरूलाई सशक्त बनाउन लागेको हो।
यो अफरले राजमार्गको आरामदायी यात्रा होस् वा ड्राइभिङको प्रिमियम अनुभव लिन खोज्ने हुन्, धेरै ग्राहकहरूको सपनालाई वास्तविकता बनाउने छ।