०२ असार २०८३, मंगलबार

केबलकार विवादः आज गृहमन्त्रीसँग वार्ता हुने

माघ २८, २०८१
काठमाडौं
केबलकार विवादः आज गृहमन्त्रीसँग वार्ता हुने

 ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न आज पनि वार्ता हुने भएको छ । आन्दोलनरत पक्षले अब कर्चारीस्तरको वार्ता समितिसँग वार्ता नगर्ने भनेपछि आज गृहमन्त्री रमेश लेखकसँग वार्ता गर्न लागिएको हो  

यसअघि आइतबार सरकारी पक्ष र आन्दोलनरत पक्षबीच भएको वार्ता विना निष्कर्ष टुङ्गिएको थियो ।

“हिजोको वार्ता निष्कर्षमा पुगेन । वार्ताका माध्यमबाट समस्याको समधान गर्न अनुरोध गरेका छौँ,” सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले भने ।

वार्तापछि गृह मन्त्रालयले गएराति एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीले समस्याको समाधानका लागि संवाद गर्न सदैव तयार रहेको जनाएको छ । मन्त्रालयले समस्याको समाधान वार्ताको माध्यमबाट खोज्न आग्रह गरेको छ । 

आन्दोलनरत पक्षको प्रतिनिधित्व गरेको वार्ता टोलीले भने अब कर्मचारीस्तरमा वार्ता नगर्ने जनाएको हो । आज गृहमन्त्री लेखकसँग छलफल हुने वार्ताटोलीका सदस्य सरस्वता सिङ्गक(सरु) ले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्