०८ साउन २०८३, शुक्रबार

मस्कको बचाउमा उत्रिए डोनाल्ड ट्रम्प

माघ २८, २०८१
काठमाडौं
मस्कको बचाउमा उत्रिए डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीले एलन मस्कमाथि गरेको आक्रमणको जवाफ दिएका छन्। मस्कले अमेरिकामा फजुल खर्च रोक्न काम गरिरहेको र आफ्नो कुनै स्वार्थी मनसाय नभएको उनले बताए।

यसअघि अमेरिकाको विपक्षी डेमोक्रेटिक पार्टीले ट्रम्प प्रशासनले सुझाव दिएका परिवर्तनहरूले एलन मस्कलाई फाइदा पुग्ने आरोप लगाएको थियो।

मस्कको बचाउमा आउँदै राष्ट्रपति ट्रम्पले अमेरिकी च्यानल फक्स न्यूजलाई भने, 'उनी (मस्क)ले यसबाट केही पाउँदैनन्। वास्तवमा उनले यसको लागि कसरी समय निकाल्नुहुन्छ भन्ने कुरामा म छक्क पर्छु।'

ट्रम्पले भने कि मस्कको विभाग, सरकारी दक्षता विभागले सैन्य र शिक्षा विभागको खर्चको अनुसन्धान गर्नेछ। 'हामी सेनामा अर्बौं डलरको ठगीको पर्दाफास गर्नेछौं। मानिसहरूले मलाई यही कारणले रोजेका छन्।'

salt training

कमेन्ट गर्नुहोस्