०८ असार २०८३, सोमबार

अर्जुन ट्रफी क्रिकेट : उपाधिका लागि डडेल्धुरा र अत्तरिया भिड्दै

माघ २८, २०८१
काठमाडौं
अर्जुन ट्रफी क्रिकेट : उपाधिका लागि डडेल्धुरा र अत्तरिया भिड्दै

कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल खेल आज हुँदैछ । फाप्ला क्रिकेट मैदानमा दिउँसो १ बजे हुने फाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र सीवाईसी अत्तरिया भिड्नेछन् ।

न्यू होराइजन बुटवललाई हराएर डडेल्धुरा फाइनलमा पुगेको हो भने डीसीए धनगढीलाई  पराजित गर्दै अत्तरिया अन्तिम २ मा सुरक्षित भएको  हो । फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

डडेल्धुरामा कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारीलगायतका स्टार खेलाडी रहेका छन् । अत्तरियामा भीम सार्की, विवेक यादव, साहब आलम जस्ता नामी खेलाडी आबद्ध छन् ।

नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेन्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् ।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहेका अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ ।

उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्