२० असार २०८३, शनिबार

प्रहरीलाई कुटपिट गरेको आरोपमा ४ जना पक्राउ

माघ २८, २०८१
तनहुँ
प्रहरीलाई कुटपिट गरेको आरोपमा ४ जना पक्राउ

तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा व्यास– ४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ ।

शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।​ 

उनीहरूविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्