०४ असार २०८३, बिहीबार

बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

माघ २८, २०८१
काठमाडौं
बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

बझाङमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा खप्तडछान्ना गाउँपालिका- ७ गडरायका ३४ वर्षीय वीरेन्द्र रोकाया छन् । उनलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​

वीरेन्द्रले ती बालिकालाई गत असोज ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।

सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्