नेपाली कांग्रेसका सांसद राजन केसीले अन्यत्र थोत्रा भएका गाडीलाई स्कूल बसको रूपमा प्रयोग गर्न रोक लगाउन माग गरेका छन् ।
आइतवार दक्षिणकालीमा भएको स्कूल बस दुर्घटनाबारे सोमवार प्रतिनिधि सभा बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै थोत्रा गाडीलाई स्कूल बस प्रयोग गर्न नपाउने व्यवस्था गर्न माग गरेका हुन् ।
मानवीय त्रुटि भन्दा पनि थोत्रो गाडी भएका कारण बस दुर्घटना भएको केसीले बताए । आइतवार भएको स्कूल बस दुर्घटनामा चालकसहित एकजना विद्यार्थीको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका ३५ जना विद्यार्थी अस्पतालमा उपचार गराइरहेका छन् ।
घाइते विद्यार्थीको निशुल्क उपचार गराउन सांसद केसीले सरकारको ध्यानकर्षण गराए ।