०७ साउन २०८३, बिहीबार

चुनाव लड्ने, जित्ने र सरकार बनाउने मात्र माओवादी केन्द्रको कार्यदिशा होइन : श्रेष्ठ

माघ २८, २०८१
खोटाङ
चुनाव लड्ने, जित्ने र सरकार बनाउने मात्र माओवादी केन्द्रको कार्यदिशा होइन : श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चुनाव लड्ने, जित्ने र सरकार बनाउने मात्र आफ्नो पार्टीको कार्यदिशा नभएको बताएका छन् । 

सोमबार माओवादी केन्द्रको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङको दोस्रो नगर अधिवेशन उद्घाटन गर्दै उनले माओवादी केन्द्र जनअधिकार र सुविधाका लागि सरकार, सदन र सडक गरी तीनै मोर्चाबाट लडिरहने बताए । 

‘पार्टीले क्रान्ति छाडेको छैन । प्राप्त उपलब्धिहरूको रक्षा गर्दै सामाजिक रूपान्तरणका लागि लडिरहेको छ’, उपाध्यक्ष श्रेष्ठले भने । 

नेता श्रेष्ठले आफ्नो पार्टीको ध्यान सरकार ढाल्ने र बनाउनेमा नभइ राष्ट्रिय स्वाधिनता तथा संविधानको रक्षा, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न र सामाजिक रूपान्तरणमा केन्द्रित रहेको जिकिर गरे । उनले वर्तमान सरकारले ल्याएको अध्यादेश संसद्‌बाट पारित हुन नहुनेसमेत बताए । 

salt training

कमेन्ट गर्नुहोस्