१२ असार २०८३, शुक्रबार

एक महिनादेखि हात खुट्टामा साङलो बाँधिएका युवराजको उद्धार

माघ २९, २०८१
सुर्खेत
एक महिनादेखि हात खुट्टामा साङलो बाँधिएका युवराजको उद्धार

बाँकेको वैजनाथ गाउँपालिका-१ एक चिसापानीका एक युवाको मानस सेवा आश्रम नेपालगन्जले उद्धार गरेको छ । दैलेख घर भई चिसापानी बसाई सरेका २४ वर्षीय युवराज शाहीको उद्धार गरिएको हो ।

उनको दुवै हात पछाडि बाँधेर ताला लगाई राख्ने गरिएको थियो । ‘एक महिनाअघि छिमेकी एक महिलालाई आक्रमण गरेको आरोप लागेको रहेछ । यी मानसिकरूपमा ठिक रहेनछन्,’ उद्धारमा खटिएका नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष सुशीलराज शर्मा भन्छन्, ‘अनि छिमेकीले या त उपचार गर्नू नभए यहाँ नराख्नु भनेर धम्की दिएका रहेछन् । यस्तो अवस्थामा उनको परिवारले मानसिक अस्पताल लैजान आर्थिक समस्या भएपछि साङलोले बाँधेर घरमै राखेका रहेछन् ।’

युवराजका बुवा पहिले भारत जान्थे, अहिले अटोरिक्सा चलाइ रहेका छन् । युवराज जेठा छोरा हुन् भने अन्य दुई भाइ छन् । ती दुई भाइमध्ये एक जना मानसिक रूपमा कमजोर छन् ।

‘उनलाई वाथरुम लैजाँदा ट्वाईलेटको बाहिर ताला लगाउने गरिएको थियो । कारण उनी भाग्छन् भन्ने थियो । आर्थिक अवस्था एकदमै नाजुक थियो । दश विगाहमा उहाँहरूले उपचार गराए पनि सञ्चो भएन । अन्यत्र उपचार गर्न लैजान सकेनन्,’ अध्यक्ष शर्माले भने, ‘सुर्खेतबाट भारतको प्रयागराज महाकुम्भ मेलामा जाने यात्रुको उद्धार गर्न यहाँ आएको थिएँ । ती यात्रुले कुरा सुनेपछि मैले ती युवाको उद्धार गर्न मानवसेवा आश्रम नेपालगन्जलाई आह्वान गरेको थिएँ ।’

उनका अनुसार अहिले ती युवा मानव सेवा आश्रममा पुगेका छन् । उर्विन सापकोटा नेतृत्वको टोलीले उनको उद्धार गरेको हो । सापकोटाले उनको नियमित उपचार गर्ने प्रतिबद्धता जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्