
नेपाली श्रमिकका लागि १४९ वटा देश खुला गरिएको छ तर श्रम सम्झौता भने १० वटा देशसँग मात्रै भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चार देशसँग श्रम सम्झौताको मसौदालाई टुङ्गो लगाएको छ ।
पाँच देशसँगको मसौदा आदानप्रदान गरिएको छ । श्रम मन्त्रालयले साउदी अरब, मलेसिया, कतार र ओमानको मसौदा आदानप्रदानको काम टुङ्गो लागेको जनाएको छ । मन्त्रालयका अनुसार चार वटै देशका सरकारलाई मसौदा पठाइसकेको र हस्ताक्षर हुन बाँकी रहेको जनाएको छ । साउदी अरबसँग श्रम सम्झौता टुङ्गो भर्खर लागेको छ । गोरखापत्रमा खबर छ ।