२४ असार २०८३, बुधबार

विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण

माघ २९, २०८१
कैलाली
विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण

कैलालीको घोडाघोडी नगरपालिकामा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरेर सीमान्तकृत समुदायलाई हस्तान्तरण  गरिएका छन् ।

घोडाघोडीको वडा नम्बर ४ सिम्थरीमा छ र वडा नम्बर ९ गोदनीमा छवटा आवास निर्माण गरिएका हुन् । ​

नगरप्रमुख खडकबहादुर रावतले नव निर्मित घर ती समुदायलाई सोमबार हस्तान्तरण गर्दै पालिकाभित्रका सबै वडामा सीमान्तकृत वर्गलाई सुरक्षित आवास बनाउने योजना रहेको जानकारी दिए ।

ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र घोडाघोडी नगरपालिकाको लागत साझेदारीमा उक्त घर निर्माण गरिएका हुन् । सुरक्षित आवासमा दुई वटा पक्की कोठा र एक शौचालय रहेको छ ।

घोडाघोडी नगरपालिकाको रु ४२ लाख, ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क नेपालको रु २४ लाख र जनश्रमदान रु नौ लाख पाँच हजार पाँच सय दुई लागत साझेदारीमा सुरक्षित आवास निर्माण गरिएको हो ।

वडाहरूको सिफारिसमा आवासविहीन सीमान्तकृत वर्गलाई लागत साझेदारीमा घोडाघोडीले सुरक्षित आवास निर्माण गरिदिएको हो ।

यसअघि पालिकाले वडा नम्बर ३ सृष्टिनगर मुक्त कमैया बस्तीका नागरिकलाई १२ सुरक्षित आवास हस्तान्तरण गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्