२१ असार २०८३, आइतबार

चितुवाको छालासहित १ जना पक्राउ

माघ २९, २०८१
कैलाली
चितुवाको छालासहित १ जना पक्राउ

कैलालीको धनगढीबाट चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीका २६ वर्षीय नरेश साउद छन् ।

धनगढी उपमहानगरपालिका- ४ बसपार्कस्थित मिलनसार गेष्ट हाउसबाट ८ फिट २ इन्च लम्बाइ र २ फिट २ इन्च चौडाइ भएको चितुवाको जस्तो देखिने छाला १ थानसहित साउदलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​

सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्