१७ असार २०८३, बुधबार

सासूको हत्या आरोपमा बुहारी पक्राउ

माघ ३०, २०८१
धनुषा
सासूको हत्या आरोपमा बुहारी पक्राउ

धनुषामा ६५ वर्षीया सासूको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ ।

जनकनन्दनी गाउँपालिका- ५ उधाकी ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षाकुमारी मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घरायसी विवादका क्रममा उनीहरूबीच झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको सूचनापछि इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षाकुमारीलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्