१७ असार २०८३, बुधबार

चन्द्रागिरिमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

माघ ३०, २०८१
काठमाडौं
चन्द्रागिरिमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौंको चन्द्रागिरिमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

चन्द्रागिरि नगरपालिका- १० बोशीगाउँस्थित वीरेन्द्र महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा वीरेन्द्रसहित ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । 

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूकोसाथबाट ८ लाख ५० हजार १ सय १ रुपैयाँ, कौडा १८ थान र ३ बुक तास बरामद गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्