०८ असार २०८३, सोमबार

कक्षा १२ पासलाई जनरल नर्सिङ पढ्ने अवसर

फागुन १, २०८१
काठमाडौं
कक्षा १२ पासलाई जनरल नर्सिङ पढ्ने अवसर

प्रधानमन्त्री तथा चिकित्सा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले सरकारी स्वास्थ्य संस्थामा २०९ सिट थप गर्ने निर्णय गरेको छ ।

आयोगको निर्णयसँगै चिकित्साशास्त्र स्नातकोत्तर तह (पिजी) मा थप २०९ जना विद्यार्थीले निःशुल्क एमडी/एमएस गर्न पाउने छन् ।
चिकित्सा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाका अनुसार बैठकले पिजी अध्ययन गराउनका लागि स्रोत सुनिश्चित गरेसँगै
पिजीका लागि कोटा थप भएको हो ।
यस्तै बैठकले जुनसुकै विषयमा प्लस टु अध्ययन गरेका विद्यार्थीका लागि जनरल नर्सिङ विषय अध्यापन गराउन स्वीकृति दिएको छ ।गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्