२२ असार २०८३, सोमबार

अफिस जान हरेक दिन विमान चढ्ने 'सुपर मम्' [भिडियोसहित]

फागुन १, २०८१
काठमाडौं
अफिस जान हरेक दिन विमान चढ्ने 'सुपर मम्' [भिडियोसहित]

समयमै अफिस पुग्न मानिसहरू आफ्नै कार, बाइक र बस वा ट्याक्सीमा जान्छन् । नजिक हुनेहरू कोही हिँडेरै पनि पुग्लान् । 

तर भारतीय मूलकी मलेसियन नागरिक राहेल कौर काममा जान हरेक दिन उडान भर्छिन् । उनी एयर एशियाको फाइनान्स अपरेसनमा सहायक प्रबन्धक हुन् । राहेललाई ‘सुपर मम’ पनि भनिन्छ । 

उनी दाबी गर्छिन् कि हरेक कामको हप्ताको पाँच दिन विमानबाट यात्रा गर्छिन्। सीएनए इनसाइडर (च्यानल न्यूज एशिया)लाई दिएको अन्तर्वार्तामा उनले आफ्नो दैनिक यात्राको दिनचर्याबारे बताएकी छन् । 

कौरको कार्यालय मलेसियाको क्वालालम्पुरमा छ र उनको घर पेनाङ राज्यमा छ। यी दुईबीच ३५० किलोमिटरको दुरी छ । यसअघि कार्यालय नजिकै भाडाको घरमा बस्ने गरेको उनले बताइन् । 

त्यतिबेला उनी हप्तामा एकपटक मात्रै परिवारलाई भेट्न सक्थिन् । छोराछोरीबाट टाढा रहनु उनलाई मन परेन । राहेलका ११ र १२ वर्षका दुई सन्तान छन्। 

त्यसैले उनले सन् २०२४ मा निर्णय गरिन् कि अब हरेक दिन पेनाङबाट क्वालालम्पुरमा आफ्नो कार्यालय जानेछन्। 'म बिहान ४ बजे उठ्छु र पेनाङ एयरपोर्ट पुगेर उडान लिन्छु,' अन्तर्वार्तामा उनले भनेकी छन् 'सिफ्ट सकेर राति ८ बजे घर म फर्कन्छु।'

रेचेलले दैनिक ७०० किलोमिटर यात्रा गर्छिन् । यसअघि घर भाडा र अन्य खर्चमा कम्तीमा ४७४ डलर खर्च गर्ने गरेको उनको दाबी छ । तर अहिले दैनिक उडान पाउँदा पनि ३१६ डलर लाग्छ।

भिडियो
 

salt training

कमेन्ट गर्नुहोस्