३० जेठ २०८३, शनिबार

एकनाले भरुवा बन्दुकसहित काभ्रेमा दुई जना पक्राउ

फागुन १, २०८१
काठमाडौं
एकनाले भरुवा बन्दुकसहित काभ्रेमा दुई जना पक्राउ

प्रहरीले काभ्रेमा एकनाले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।

पाँचखाल नगरपालिका-१ ठाँटी गैरिकोट बस्ने ६१ वर्षीय मंगलबहादुर तामाङ र उनकै छोरा ३२ वर्षीय सन्तबहादुर तामाङलाई भरुवा बन्दुक एक थानसहित बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 
प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । 

यसैबीच, सुर्खेतको बराहाताल गाउँपालिका-५ करियापानीस्थित जंगलको बाटो छेउबाट २ थान भरुवा बन्दुक बेलुकी प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी बड्डिचौरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्