१० साउन २०८३, आइतबार

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत

फागुन १, २०८१
काठमाडौं
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत

नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्नका लागि ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत गरिएको छ । 

करिब २० घण्टामा मर्मत कार्य सम्पन्न भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए । 

‘पाइप फुटेपछि हामीले गएरातिबाट मर्मतको कार्य शुरू गरेका थियौं । अहिले बल्ल आएर मर्मत कार्य सकिएको छ । पानी परीक्षणको कार्य भइरहेकाले परीक्षण सम्पन्न हुनासाथ वितरण प्रक्रिया शुरू गर्नेछौं’, पौडेलले भने । 

पाइप फुटेपछि खानेपानी वितरण रोकिएको थियो भने बबरमहल क्षेत्र जलमग्न भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्