०२ साउन २०८३, शनिबार

माधव नेपाल र बाबुराम भट्टराई जोडिएको ललिता निवास मुद्दाको सुनुवाइ अब पूर्ण इजलासमा

फागुन १, २०८१
काठमाडौं
माधव नेपाल र बाबुराम भट्टराई जोडिएको ललिता निवास मुद्दाको सुनुवाइ अब पूर्ण इजलासमा

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको सुनुवाइ अब पूर्ण इजलासमा हुने भएको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मुद्दाको सुनुवाइ पूर्ण इजलासबाट गर्नेगरी पेस गर्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले उक्त निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए ।

न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्च अदालतमा उनीहरूविरुद्ध रिट दायर गरेका थिए । निवेदक न्यौपानेले नेपाल र भट्टराईलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबीसहित भ्रष्टाचार मुद्दा चलाउन माग गरेर रिट दायर गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्