
यौनस्वास्थ्यको विषयमा निर्माण गरिएको चलचित्र ‘दुःखी आत्मा’आज (शुक्रबार)देखि प्रदर्शन हुँदै छ । यौन स्वास्थ्यका विषयमा नेपालमा चलचित्र निर्माण नभएकाले आफैँले निर्देशन गरेको निर्देशक दीपेन्द्र लामाले बताए ।
उनले चलचित्रमा पुरुषमा ‘इरेक्टाइल डिस्फक्सन’ भएको देखाएको बताए । यस पात्रका लागि उनले कविको पृष्ठभूमि तयार गरेका छन् ।
चलचित्रमा कविको भूमिकामा अभिनेता दयाहाङ राई छन् । उनले आफ्नो पात्रलाई न्याय गर्न हरसम्भव प्रयास गरेको बताए ।
अभिनेत्री आँचल शर्माले यौनस्वास्थ्यका विषयमा खुलेर संवाद नहुँदा निम्तिने समस्याले परिवारलाई असर गर्ने गरेको बताइन् ।
‘एडल्ट ड्रामा’ भनिएको चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायतका कलाकारले अभिनय गरेका छन् ।
प्रणय दिवसको अवसर पारेर प्रदर्शन हुने चलचित्रलाई आलोक शुक्लाले छायाङ्कन तथा निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।