०२ साउन २०८३, शनिबार

इजरायलको चेतावनीपछि समयमै बन्धक रिहा गर्ने हमासको प्रतिवद्धता

फागुन २, २०८१
काठमाडौं
इजरायलको चेतावनीपछि समयमै बन्धक रिहा गर्ने हमासको प्रतिवद्धता

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँग गाजामा भएको युद्धविराम सम्झौताअनुसार बन्धक रिहा गर्ने भएको छ । 

इजरायलले शनिवारसम्म बन्धकलाई फिर्ता नगरे युद्धविराम समाप्त हुने चेतावनी दिएपछि हमास हमासले समयमै बन्धकहरू रिहा गर्ने बताएको हो ।

यसअघि इजरायलले सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले बन्दी रिहाइ नगर्ने चेतावनी दिएको थियो । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धक रिहा नगरे गाजामा युद्धविराम भङ्ग हुने र लडाइँ चर्कने चेतावनी दिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमासले सबै बन्धक रिहा नगरे युद्धविराम अन्त्यको घोषणा गर्ने चेतावनी दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्