![कार्यसम्पादन मूल्यांकनमा धनगढी पहिलो : मोहन्याल र लम्कीचुहा पुछारबाट दोस्रो र तेस्रो [सूची]](https://lktcdn2.prixacdn.net/media/kailali_5w1Hqq5Hmm.jpg)
कार्यसम्पादन मूल्यांकनमा कैलालीका १३ स्थानीय तहमध्ये धनगढी उपमहानगरपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्यांकन विवरणअनुसार ६३ दशमलव ३ अंक प्राप्त गर्दै धनगढी उपमहानगर जिल्लामै पहिलो भएको हो ।
आयोगले माघ ३० गते कार्यसम्पादन मूल्यांकनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अंकसम्बन्धी विवरण प्रकाशित गरेको थियो ।
जानकी गाउँपालिका ६३ दशमलव १ अंकसहित दोस्रो, बर्दगोरिया गाउँपालिका ६२ दशमलव ७ अंकसहित तेस्रो स्थानमा रहँदा घोडाघोडी नगरपालिका ६२ दशमलव ७ अंकसहित चौथो स्थानमा भएको छ ।
त्यसैगरी पाँचौँ स्थानमा गोदावरी नगरपालिकाले ५८ दशमलव ७ अंक ल्याएको छ भने छैटौँ स्थानमा ५४ दशमलव ६ अंकसहित कैलारी गाउँपालिका रहेको छ ।
टीकापुर नगरपालिका ५२ दशमलव ७ अंकसहित सातौँ, जोशीपुर गाउँपालिका ५० दशमलव ४ अंकसहित आठौँ, गौरीगंगा नगरपालिका ४७ दशमलव १ अंकसहित नवौँ र भजनी नगरपालिका ४७ दशमलव १ अंकसहित दशौँ स्थानमा रहेको छ ।
३९ दशमलव २ अंक प्राप्त गर्दै चुरे गाउँपालिका सूचीको अन्तिम तीन स्थानमा छ । मोहन्याल गाउँपालिका ४० दशमलव ५ अंकसहित पुछारबाट दोस्रोमा रहँदा लम्कीचुहा नगरपालिका ४४ दशमलव ४ अंकसहित अन्तिमबाट तेस्रोमा छ ।
मूल्यांकनमा चित्त नबुझे ७ दिनभित्र प्रमाणसहित पुनरावलोकनका लागि उजुरी दिन सकिने आयोगले जनाएको छ ।
सूची


