
रुपन्देहीको कञ्चन गाउँपालिका–१, सुन्दरनगरमा आमाको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षीय सरोज परियार रहेका छन् । उनले आफ्नै आमा ४६ वर्षीया पार्वतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रयोग गरी पार्वतीको बिहीबार हत्या गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए ।
सरोजले छिमेकीसँग आमाको आँखा फुटालेको बताएका थिए । स्थानीयका अनुसार सरोज पहिलेदेखि नै आपराधिक गतिविधिमा संलग्न रहेको र प्रहरीले उनलाई पटकपटक पक्राउ गर्दै छोड्दै गरेको बताउँछन् ।
हाल सरोजलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको डीएसपी पण्डितले जानकारी दिए ।