
‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ समितिमा गरिएको छ ।
विकास आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमितिले तयार गरेको उक्त अध्ययन प्रतिवेदन समिति सभापति कमलादेवी पन्तलाई बुझाइएको हो ।
‘उपसमितिका संयोजक र सबै माननीयज्यूहरूले मेहनतका साथ पटक-पटक विभिन्न मन्त्रालय, सरोकारवाला निकाय र निजी क्षेत्रसँग छलफल तयार पारेको यो प्रतिवेदन गहकिलो दस्तावेज बनेको छ,’ प्रतिवेदन बुझेपछि सभापति पन्तले भनिन्, ‘यो दस्तावेज सरकारलाई मार्ग निर्देशन दिन सहयोगी बन्ने छ ।’
राष्ट्रियसभा सदस्य डाक्टर अन्जान शाक्य संयोजक रहेको दिगो विकास उपसमितिले यो प्रतिवेदन आज मूल समितिलाई बुझाएको हो ।
उपसमितिको सदस्यहरूमा सांसदहरू वामदेव गौतम, जीतजंग बस्नेत, भुवनबहादुर सुनार र सावित्री मल्ल रहेका थिए ।
उक्त समितिले यो प्रतिवेदन लामो समयको छलफल र अध्ययनबाट तयार पारेको समितिका संयोजक डाक्टर शाक्यले जानकारी दिइन् ।
‘यो प्रतिवेदन तयार पार्न राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थमन्त्रालय, बाणिज्य तथा आपूर्ति मन्त्रालय, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, संयुक्त ट्रेड युनियन महासंघ, नीति क्षेत्रलगायत सरोकारवाला निकायसँग ६ ओटा बैठक बसेर छलफल गरेका थियौं,’ शाक्यले भनिन्, ‘उपसमितिले निकै ठूलो मेहनतका साथ यो प्रतिवेदन तयार गरेर पास गरेको छ । आज मूल समितिलाई यो प्रतिवेदन बुझाउन पाउँदा खुशी छौं ।’
नेपालले सन् २०१० देखि नै आवधिक योजना, बजेट तथा कार्यक्रमहरूमार्फत स्तरोन्नतिका प्रयासहरू गर्दै आएको भए पनि अहिलेसम्म अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन सकेको छैन ।
प्रतिव्यक्ति कुल राष्ट्रिय आय, मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांकका सर्तहरु पूरा गरेपछि स्तरोन्नति हुने विश्वव्यापी मान्यता छ ।