२४ असार २०८३, बुधबार

त्रिशूलीमा बुलेट बाइक दुर्घटना, बेपत्ताको खोजीमा ६ जना गोताखोरसहितको टोली परिचालन

फागुन २, २०८१
काठमाडौं
त्रिशूलीमा बुलेट बाइक दुर्घटना, बेपत्ताको खोजीमा ६ जना गोताखोरसहितको टोली परिचालन

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका चालकको खोजीमा ६ जना गोताखोरसहितको टोली परिचालन गरिएको छ। 

नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल शुक्रबार बिहान ११ : ५५ बजे दुर्घटना हुँदा चालक बेपत्ता भएका थिए ।

दुर्घटनास्थलमा लमजुङको साबिक चन्दरेश्वर गाविस– ३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नाम उल्लेख भएका कागजात भेटिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित नम्बर ३ पुलबाट त्रिशूली नदीमा मोटरसाइकल दुर्घटनामा बेपत्ता व्यक्ति राना नै रहेको प्रहरीको अनुमान छ । 

भारतीय सेनामा कार्यरत रानाले बोकेको पर्स, केही कागजात, लुगा तथा जुत्ता घटनास्थलमा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोरसहितको टोली परिचालन गरिएको छ।

खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्