२५ असार २०८३, बिहीबार

भ्यालेन्टाइनमा युवराज अधिकारीको उपहार- ‘तिम्रो प्रीत’

फागुन २, २०८१
काठमाडौं
भ्यालेन्टाइनमा युवराज अधिकारीको उपहार- ‘तिम्रो प्रीत’

शुक्रबार परेको प्रणय दिवस (भ्यालेन्टाइन्स् डे)को अवसर पारेर गीतकार युवराज अधिकारीको नयाँ कोशेली सार्वजनिक भएको छ । 

अधिकारीको शब्द रचना हरेको ‘तिम्रो प्रीत’ गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो । गीतकार अधिकारी नेपाल वायुसेवा निगमका  कार्यकारी अध्यक्ष समेत हुन् । 

सुरजकुमार थापाको स्वर रहेको गीतमा संगीत संयोजन र एरेन्ज पनि थापाकै रहेको छ । थापाको युट्युब च्यालनमा सार्वजनिक भएको गीतको भिडियोमा एक प्रेमिल जोडीको समधुर प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । 

सुरजकुमार थापा र निहारिका थापाको अभिनय रहेको भिडियोलाई सविन गोदारले खिचेका हुन् । भिडियोको सम्पादन, रङ संयोजन र निर्देश राजकुमारले गरेका हुन् । 

हेर्नुहोस् भिडियो :


 

salt training

कमेन्ट गर्नुहोस्