२९ जेठ २०८३, शुक्रबार

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत

फागुन २, २०८१
काठमाडौं
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत

काठमाडौंको बबरमहलमा फुटेको पाइप मर्मत गरिएको छ ।

मर्मत सम्पन्न गरी पानी वितरण शुरू गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ ।​

केयूकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार नेपाल विद्युत् प्राधिकरणले विद्युत्‌का तारहरू भूमिगत गर्न खन्ने क्रममा बुधबार बबरमहलमा खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो ।

बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विशेष अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्