
प्यालेस्टिनी समूह हमासले रिहा गर्न लागिएका थप तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ । युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीबीच हमासले हिजो तीन जना बन्धकको नाम सार्वजनिक गरेको हो ।
उनीहरू आज रिहा हुनेछन् । आज रिहा हुनमा साशा ट्रुपानोभ, सागुई डेकेल–चेन र यायर हर्न रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सूचीमा यसपटक पनि हमासको कब्जामा रहेका भनिएका नेपालका विपिन जोशी परेका छैनन् ।
बदलामा इजरायली जेलबाट ३६९ प्यालेस्टिनीहरू रिहा हुने अलजजिराले जनाएको छ ।
गाजा युद्धविरामअन्तर्गत सम्झौताको दोस्रो चरणमा अर्को हप्ता शुरू हुनेछ। युद्धविराम सम्झौताअन्तर्गत छैटौं पटक बन्धक र प्यालेस्टिनी कैदी आदानप्रदान हुन लागेको हो ।