२४ असार २०८३, बुधबार

सत्ता पक्षीय दलहरूको बैठक बस्दै

फागुन ३, २०८१
काठमाडौं
सत्ता पक्षीय दलहरूको बैठक बस्दै
फाइल तस्वीर

आज सत्ता पक्षीय दलहरूको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । 

बिहान ११ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुने छ । 

यसअघि शुक्रबार सत्ता पक्षीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संयन्त्रमा रहेका दुवै दलका नेताहरू बैठकमा सहभागी थिए । 

बैठकमा सरकार सञ्चालनका विषय, संसद्‌मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानून निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भएको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्