१० असार २०८३, बुधबार

जिल्ला अस्पताल निर्माण सुरु

कात्तिक २०, २०७४
जिल्ला अस्पताल निर्माण सुरु

रसुवा, २५ मङ्सिर । भूकम्पबाट पूर्ण रुपमा क्षति भएको रसुवा जिल्ला अस्पताल निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले जिल्ला अस्पताल निर्माण गर्ने घोषणा गरेको हो । अबको दुई हप्ताभित्र अस्पताल निर्माणको काम अघि बढाइने रेडक्रस रसुवाका सभापति बाबुलाल तामाङले बताउनुभयो । भूकम्प गएको दिनको स्मरण गर्दै आगामी वैशाख १२ गते जिल्ला स्वास्थ्य कार्यालयलाई अस्पताल हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।

स्वास्थ्य मन्त्रालयको कार्ययोजनामा पक्की भवन बन्ने भनिए पनि पहिलो चरणमा रेडक्रसले ‘प्रिफ्याब’ ढाँचाको अस्पताल निर्माण गर्ने रेडक्रसका कार्यक्रम अधिकृत उत्तम वस्तीले बताउनुभयो । अस्पतालको क्षमता र संरचना बारेमा भने इन्जिनियरिङ डिजाइनपछि मात्र सार्वजनिक गरिने उहाँले बताउनुभयो । प्रिफ्याब ढाँचाको संरचना २५ वर्षसम्म टिक्ने बताइएको छ । रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालको उपस्थितिमा यहाँका सरोकार भएका निकायलाई अस्पताल निर्माणसम्बन्धी जानकारी गराइएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्