१० साउन २०८३, आइतबार

बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य घाइते

फागुन ३, २०८१
पाेखरा
बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य घाइते

पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका प्रमुख धनराज आचार्य घाइते भएका छन् ।

समारोह उद्‌घाटनको क्रममा प्रमुख अतिथि रहेका अर्थमन्त्री पौडेलले स्विच थिचेर बत्ती बाल्ने क्रममा बेलुनमा बत्तीको झिल्कोले बलेपछि दुवै जना घाइते भएका हुन् ।

आचार्यका प्रेस सल्लाहकार भीम थापाका अनुसार प्रमुख आचार्य सामान्य घाइते भएका छन् । उनको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै अर्थमन्त्री पौडेलको कोटमा आगोको झिल्का लागेको थियो । उनलाई उपचारका लागि गण्डकी अस्पताल लगिएको छ । 

गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि उनी आजै काठमाडौं फर्कने अर्थ मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्