०९ असार २०८३, मंगलबार

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गरेको आरोपमा ३ जना पक्राउ

फागुन ३, २०८१
काठमाडौं
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गरेको आरोपमा ३ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगेको  अभियोगमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- ७ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका- २ दुवाकोट बस्ने ४१ वर्षीय गणेश बहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका- ४ काफ्लेचोक घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका- ६ बनेपा बस्ने ३९ वर्षीय दिनेश प्रसाद अधिकारी रहेका छन् ।

उनीहरूले क्यानडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ७१ लाख ७० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भक्तपुरको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

यसैगरी, यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका- ३ घर भई काठमाडौं तार्केश्वर नगरपालिका- ५ बस्ने ५३ वर्षीय दिनेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२ लाख ५७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका- २६ बाट पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्