२८ असार २०८३, आइतबार

अर्थमन्त्री पौडेलको उपचार शुरू, अवस्था जोखिममुक्त

फागुन ३, २०८१
काठमाडौं
अर्थमन्त्री पौडेलको उपचार शुरू, अवस्था जोखिममुक्त

पोखरामा आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार शुरू भएको छ ।     

अर्थमन्त्री पौडेलका प्रेस संयोजक भुवन केसीका अनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ । यद्यपि, अवस्था भने जोखिममुक्त केसीले जानकारी दिए । 

शनिबार पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उनीहरूको शरीरमा आगो सल्किएको थियो । 

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीले दुवैजना अस्पतालमा भर्ना भएको र अहिले उपचार चलिरहेको जानकारी दिए । 

null

salt training

कमेन्ट गर्नुहोस्