२८ जेठ २०८३, बिहीबार

क्यानले माग्यो नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन

फागुन ३, २०८१
काठमाडौं
क्यानले माग्यो नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन

नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन आह्वान गरेको छ ।

क्यानले शनिबार एक जारी सूचना जारी गर्दै यही फेब्रुअरी २८ सम्म आवेदन दिन आग्रह गरेको हो ।

आवेदन दिने व्यक्ति ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता प्राप्त हुनुपर्नेछ।

साथै, कम्तीमा ५ वर्षको प्रशिक्षण अनुभव र एसोसियट राष्ट्रको क्रिकेट गतिविधिबारे जानकार हुनुपर्ने उल्लेख छ।

भारतीय प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता नवीकरण नभएसँगै क्यानले नयाँ प्रशिक्षकका लागि आवेदन मागेको हो ।​

null

salt training

कमेन्ट गर्नुहोस्