
लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्र सङ्घको काफिलेमा आक्रमण गर्ने २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएका छन् । उक्त आक्रमणमा दुई जना शान्ति सेना घाइते भएका थिए ।
संयुक्त राष्ट्र र लेबनानी अधिकारीहरूले आक्रमणको निन्दा गरेका छन् ।
उक्त आक्रमणमा आफ्नो मिसन सकेर घर फर्किँदै गरेका निवर्तमान फोर्स कमाण्डर चोकबहादुर ढकाल घाइते भएका थिए ।
युनिफिलका उपप्रवक्ता कान्डिस अर्डिएलले एएफपीलाई दोस्रो नेपाली शान्ति सैनिक पनि घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताएका छन् ।