०३ असार २०८३, बुधबार

विद्यार्थीले देशका हरेक गतिविधि बुझ्न जरुरीः अध्यक्ष राउत

फागुन ३, २०८१
धनुषा
विद्यार्थीले देशका हरेक गतिविधि बुझ्न जरुरीः अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा सिके राउतले विद्यार्थीहरूले देश र मधेसका हरेक गतिविधि बुझी समयानुकूल परिवर्तन हुँदै जानुपर्ने धारणा राखेका छन् । 

आज जनकपुरधाममा विद्यार्थी जनमत सङ्घले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले विद्यार्थीहरूले देश र मधेसका हरेक गतिविधि बुझेर आफूलाई रुपान्तारण गर्दै जानुपर्ने बताए । 

“मधेसी राजनीति गर्न नजानेकै कारण शासित बनेर बस्न बाध्य भएकाले शिक्षासँगै राजनीतिक परिवेश, अवस्था र गतिविधि बुझेर आवश्यकता अनुसार नेतृत्व तहलाई सुझाव दिनसक्ने गरी अभ्यास गर्नु जरुरी छ”, उनले भने । 

राजनीतिबाट कोही टाढा भाग्न नसक्ने बताउँदै अध्यक्ष राउतले हरेक मधेसका युवा विद्यार्थीले आफूलाई समयानुकूल बनाउन आवश्यकता अनुसार राजनीतिक गतिविधिसम्बन्धी जानकारी राख्नुपर्ने आवश्यकता औँल्याए । 

salt training

कमेन्ट गर्नुहोस्