
काठमाडौं, ६ मंसिर– नेपालमा ४१ प्रतिशत शिशुको जन्मघरमै हुने गरेको एक अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्कका अनुसार नेपालमा ५७ प्रतिशत बच्चाहरु मात्रै स्वास्थ्यसंस्थामा जन्मिने गरेका छन् ।
एस.एल.सी वा सो भन्दा माथि शिक्षा प्राप्त गरेका र सम्पन्न घरपरिवार ९० प्रतिशत महिलाहरुले स्वास्थ्य संस्थामा बच्चा जन्माउने गरेको अध्ययनमा पाइएको छ ।
स्वास्थ्य संस्थामा नै जन्मिएका शिशुहरुमा शहरमा ६९ प्रतिशत बच्चाहरु जन्मिने गरेका छन् भने र ग्रामीण क्षेत्रका ४४ प्रतिशत बच्चाहरु स्वास्थ्य संस्थामा जन्मिएका थिए ।
सन् १९९६मा आठ प्रतिशत बच्चाहरु मात्रै स्वासथ्य संस्थामा जन्माउने गरेकोमा सन् २०१६ सम्ममा स्वास्थ्य संस्थामा जन्मने बच्चाहरु ५७ प्रतिशत पुगेका छन् ।
यस्तै ५८ प्रतिशत महिलाहरुले दक्ष प्रसुतीकर्मीको सहयोगमा बच्चा जन्माउने गरेको तथ्याङकले जनाएको छ । शिक्षित परिवारका ८५ प्रतिशत, सम्मपन्न घरपरिवारका ८९ प्रतिशत र पहिलो पटक बच्चा जन्माउने ७६ प्रतिशत महिलाहरुले दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउने गरेका छन् । दक्ष स्वास्थ्यकर्मीबाट गर्भवती सेवा लिने महिलाहरु शरहमा ८५ र ग्रामिण क्षेत्रमा ८० प्रतिशत रहेका छन् ।
बच्चा जन्माएपछि सुत्केरी र नवजात शिशुलाई रोग तथा विभिन्न किसिमको संक्रमणबाट बचाउन सुत्केरी पछि पनि सुत्केरी सेवा आवश्यक पर्दछ । नेपालमा सुत्केरी भएको दुई दिन भित्र सुत्केरी सेवा लिने ५७ प्रतिशत मात्रै रहेका छन् । यस्तै सुत्केरी भएको ४१ दिन भित्र स्वास्थ्य परिक्षण गराउनु पर्ने भएपनि ४२ प्रतिशत महिलाले सुत्केरी पछिको परिक्षण नगराएको पाइएको छ ।
नेपालका दुर्गम जिल्लाहरुमा प्रयाप्त स्वास्थ्य संस्थाको पहुच नहुदा पनि सुत्केरीहरुले घरमै बच्चा जन्माउने गरेको प्रसूति गृह थापाथपलका डा शैलेन्द्र वीर कर्माचार्यले बताए । उनले लोकान्तरसंग भने,‘ ग्रामिण क्षेत्रमा अझैपनि अस्पताको पँहुच पुग्न सकेको छैन । दुई–तिन दिन लगाएर अस्पताल पुग्नु पर्ने अवस्थाको कराण पनि उनीहरु घरमै बच्चा जन्माउछन् ।’
उनले गर्भवती महिलाको लागि निशुल्क सुत्केरी सेवाको व्यवस्था रहेको भन्दै सुत्केरी महिलाहरुलाई अस्पतालमा सुत्केरी गराउन सुझाव समेत दिए । घरमा बच्चा जन्माउदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्ने उनको भनाइ छ ।
डा. कर्माचार्यका अनुसार यस्ता जोखिमबाट जोगाउन स्वास्थ्यसंस्थामा बच्चा जन्माउनु पर्छ
घरमै बच्चा जन्माउदा आमा र बच्चा दुबैको ज्यान पनि जान सक्छ ।
आमा बच्चा दुवैलाई इन्फेक्सन हुन सक्छ ।
बच्चा जन्मने क्रममा आमाको गर्भमा अड्कियो भने अस्पतालमा अप्रेसन हुन्छ तर घरमा त्यो सम्भब हुदैन जसको कारण आमा बच्चा दुबैको ज्यानलाई खतरा हुन्छ ।
बच्चा जन्मने वित्किकै अक्सिजन दिनुपर्ने हुनसक्छ । तर घरमा अक्सिजन दिन सम्भब हुदैन ।
समयमै उपचार नपाउदा स्वास्थ्य जन्मिएको बच्चामा पनि अपाङ्गता हुने सम्भावना बढि रहन्छ ।
बच्चा जन्मिएपछि आमालाई निरन्तर रक्तश्राप हुनसक्छ । यस्तो अवस्थामा समयमै उपचार नपाउदा सुत्केरीको मृत्यु हुन सक्छ ।