मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं, ६ मंसिर– नेपालमा ४१ प्रतिशत शिशुको जन्मघरमै हुने गरेको एक अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्कका अनुसार नेपालमा ५७ प्रतिशत बच्चाहरु मात्रै स्वास्थ्यसंस्थामा जन्मिने गरेका छन् ।
एस.एल.सी वा सो भन्दा माथि शिक्षा प्राप्त गरेका र सम्पन्न घरपरिवार ९० प्रतिशत महिलाहरुले स्वास्थ्य संस्थामा बच्चा जन्माउने गरेको अध्ययनमा पाइएको छ ।
स्वास्थ्य संस्थामा नै जन्मिएका शिशुहरुमा शहरमा ६९ प्रतिशत बच्चाहरु जन्मिने गरेका छन् भने र ग्रामीण क्षेत्रका ४४ प्रतिशत बच्चाहरु स्वास्थ्य संस्थामा जन्मिएका थिए ।
सन् १९९६मा आठ प्रतिशत बच्चाहरु मात्रै स्वासथ्य संस्थामा जन्माउने गरेकोमा सन् २०१६ सम्ममा स्वास्थ्य संस्थामा जन्मने बच्चाहरु ५७ प्रतिशत पुगेका छन् ।
यस्तै ५८ प्रतिशत महिलाहरुले दक्ष प्रसुतीकर्मीको सहयोगमा बच्चा जन्माउने गरेको तथ्याङकले जनाएको छ । शिक्षित परिवारका ८५ प्रतिशत, सम्मपन्न घरपरिवारका ८९ प्रतिशत र पहिलो पटक बच्चा जन्माउने ७६ प्रतिशत महिलाहरुले दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउने गरेका छन् । दक्ष स्वास्थ्यकर्मीबाट गर्भवती सेवा लिने महिलाहरु शरहमा ८५ र ग्रामिण क्षेत्रमा ८० प्रतिशत रहेका छन् ।
बच्चा जन्माएपछि सुत्केरी र नवजात शिशुलाई रोग तथा विभिन्न किसिमको संक्रमणबाट बचाउन सुत्केरी पछि पनि सुत्केरी सेवा आवश्यक पर्दछ । नेपालमा सुत्केरी भएको दुई दिन भित्र सुत्केरी सेवा लिने ५७ प्रतिशत मात्रै रहेका छन् । यस्तै सुत्केरी भएको ४१ दिन भित्र स्वास्थ्य परिक्षण गराउनु पर्ने भएपनि ४२ प्रतिशत महिलाले सुत्केरी पछिको परिक्षण नगराएको पाइएको छ ।
नेपालका दुर्गम जिल्लाहरुमा प्रयाप्त स्वास्थ्य संस्थाको पहुच नहुदा पनि सुत्केरीहरुले घरमै बच्चा जन्माउने गरेको प्रसूति गृह थापाथपलका डा शैलेन्द्र वीर कर्माचार्यले बताए । उनले लोकान्तरसंग भने,‘ ग्रामिण क्षेत्रमा अझैपनि अस्पताको पँहुच पुग्न सकेको छैन । दुई–तिन दिन लगाएर अस्पताल पुग्नु पर्ने अवस्थाको कराण पनि उनीहरु घरमै बच्चा जन्माउछन् ।’
उनले गर्भवती महिलाको लागि निशुल्क सुत्केरी सेवाको व्यवस्था रहेको भन्दै सुत्केरी महिलाहरुलाई अस्पतालमा सुत्केरी गराउन सुझाव समेत दिए । घरमा बच्चा जन्माउदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्ने उनको भनाइ छ ।
डा. कर्माचार्यका अनुसार यस्ता जोखिमबाट जोगाउन स्वास्थ्यसंस्थामा बच्चा जन्माउनु पर्छ
घरमै बच्चा जन्माउदा आमा र बच्चा दुबैको ज्यान पनि जान सक्छ ।
आमा बच्चा दुवैलाई इन्फेक्सन हुन सक्छ ।
बच्चा जन्मने क्रममा आमाको गर्भमा अड्कियो भने अस्पतालमा अप्रेसन हुन्छ तर घरमा त्यो सम्भब हुदैन जसको कारण आमा बच्चा दुबैको ज्यानलाई खतरा हुन्छ ।
बच्चा जन्मने वित्किकै अक्सिजन दिनुपर्ने हुनसक्छ । तर घरमा अक्सिजन दिन सम्भब हुदैन ।
समयमै उपचार नपाउदा स्वास्थ्य जन्मिएको बच्चामा पनि अपाङ्गता हुने सम्भावना बढि रहन्छ ।
बच्चा जन्मिएपछि आमालाई निरन्तर रक्तश्राप हुनसक्छ । यस्तो अवस्थामा समयमै उपचार नपाउदा सुत्केरीको मृत्यु हुन सक्छ ।
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...